- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले ९३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिका र वडा नं.–३ को साझेदारीमा एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

Advertisement

पाख्रीबास नगरपालिकाका उप–प्रमुख देवकला तिम्सिना पौडेल र वडाध्यक्ष सुन्दरलाल तामाङले १०२ बर्षीया निरबहादुर मगरसहित ७० बर्ष भन्दा माथिका ९३ जेष्ठ नागरिकहरुलाई सम्मान गरे ।

सो अवसरमा जेष्ठ नागरिकहरुलाई एक/एक किलो हर्लिक्स प्रदान गरी गलफन लगाइदिएर सम्मानित गरिएको वडा सदस्य सरोज राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!