- संगालोखबर सम्वाददाता

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरोलाई माथीबाट खसेको ढुंगाले किच्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना गंभीर घाइते भएका छन् ।

Advertisement

ओखलढुंगा निशंखे सडकखण्ड अन्तरगत सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा सडक माथीबाट खसेको ढुंगाले लागेर बोलेरोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सिद्धिचरण नगरपालिका–१ का युषक कोईराला, युनिषा कोईराला र मानेभञ्ज्याङ्ग गाउँपालिका–१ का हेम बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनामा परी चालकसहित अन्य तीन जना घाइते भएका छन् । निशंखे भञ्ज्याङबाट जिल्ला सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई सिद्धिचरण नगरपालिका–३ नारायणस्थान स्थित सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किचेको हो ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–१ का लक्ष्मी कोईराला, मानेभञ्ज्याङ्ग गाउँपालिका–१ का देव बहादुर श्रेष्ठ र चालक सञ्जिव श्रेष्ठ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायीक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!