- संगालोखबर सम्वाददाता

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाले आठ जना अग्रज पत्रकारलाई सल्लाहकारमा मनोनित गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा सोमबार बसेको जिल्ला कमिटीको बैठकले सल्लाहकार मनोनित गरेको हो ।

मनोनित हुँनेहरुमा नैन विश्वकर्मा, रमेशचन्द्र अधिकारी, सन्तोष रुचाल, सिद्धराज राई, भेषराज कटेल, सोबिस चेम्जोङ्ग, नयराज नेपाल र भरत थोक्लेन छन् । संगठनका अग्रजहरुलाई जिल्ला कमिटीले सल्लाहकार मनोनित गरेको चौतारीका जिल्ला अध्यक्ष कटेलले जानकारी दिए ।

गत पुस २९ गते सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनले नयाँ जिल्ला कमिटी निर्माण गरेको छ । अधिवेशन पश्चात बसेको जिल्ला कमिटीको पहिलो बैठकले सल्लाहकार मनोनित गरेको हो । बैठकले अधिवेशनको समिक्षा गर्दै अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रेस चौतारीले क्यालेण्डर प्रकाशन गर्ने

प्रेस चौतारी धनकुटाले आउँन लागेको नयाँ बर्ष २०७९ को भित्ते पात्रो पनि प्रकाशन गर्ने भएको छ । क्यालेण्डर प्रकाशनको तयारीका लागि उपाध्यक्ष विश्वराज श्रेष्ठको संयोजकत्वमा माया राउत, रविन्द्र रणपहेली, विनु चेम्जोङ्ग, सन्तोष सुवेदी र विश्वजित देउजा सदस्य रहेको क्यालेण्डर प्रकाशन तयारी समिति निर्माण गरिएको छ ।

बैठकले नयाँ कार्यसमितिका नाममा बैंक खाता परिवर्तन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, हरेक दुई/दुई महिनाको फरकमा महिनाको पहिलो शनिवार जिल्ला कमिटीको नियमित बैठक बस्ने निर्णय पनि भएको प्रेस चौतारी धनकुटाले जनाएको छ ।

यो पनि हेर्नुहोस्…

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कटेल निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!