सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । ३० औं राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटाको साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा गरिएको छ । पृथ्वी नारायण शाहले राज्य एकीकरणका क्रममा पदयात्रा गरेको बाटोमा राष्ट्रिय एकता दिवसको अवसर पारेर पदयात्रा गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका र होटल एशोसिएसन भेडेटारको सहयोगमा बरख गण हेड क्वाटर हिले, नं.२ बाहिनी अड्डा इटहरी र वरख गण धनकुटाले पदयात्रा आयोजना गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खा र वरख गण सल्लेरी व्यारेकका गणपति दुर्गाबहादुर थापाले नेपालको राष्ट्रिय झण्डा फहराएर कार्यक्रम उद्घाटन गरे । त्यस्तै, पूर्व डीआइजी दिनेश आमात्यले रीबन काटेर पदयात्रा सुरु गरेका थिए ।

साँगुरीगढीबाट सुरु गरिएको पदयात्रा पुरानो साँगुरीगढी, धारापानी हुँदै फेदीमा पुगेर समापन भएको थियो । गणपति थापाले पदयात्रा गरिएको साँगुरीगढी, धारापानी लगायत क्षेत्र पहिले पृृथ्वी नारायण शाहको नेतृत्वमा १९३१ मा अभिमान सिंह वस्नेतले सुनसरीको विजयपुरमा विजय प्राप्त गरी गोर्खाली फौजहरु उत्तरी जिल्लामा प्रवेश गर्न प्रयोग गरेको मार्ग भएको जानकारी गराए ।

पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल व्यवसायी, पर्यटन व्यवसायी, शिक्षक, बुद्धिजिवि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, भू.पू. सैनिक, सञ्चारकर्मी लगायत करिब २ सय जना सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!