धनकुटा । नेपाल निजामती कर्मचारी संगठन पाख्रीबासको अध्यक्षमा नारायण बस्नेत निर्वाचित भएका छन् । पाख्रीवास क्षेत्रमा कार्यरत निजामती कर्मचारीहरुले प्रथम नगर भेलाले बस्नेतको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा बसन्तराज निरौला र इन्दु भुसाल, सचिवमा दीपेन्द्र गौतम, उप–सचिवमा रमेस सिजाली र अमृता नेपाल तथा कोषाध्यक्षमा रिता राई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा हरिप्रसाद गौतम, युकेन राई, खेमचन्द्र वस्ती, कमला शाही, जीवन राई, रामबहादुर तामाङ, तेज बहादुर धौलाकोटी, चन्द्रकुमार आले, जुना सापकोटा, रेबत बहादुर थापा, नवीन श्रेष्ठ र टंकबहादुर बिक चयन भएका छन् ।
भेलाले दिपेन्द्र अधिकारीको संयोजकत्वमा सल्लाहकार कमिटी पनि निर्माण गरेको छ । कमिटीको सदस्यमा लोकेन्द्र कुवर, संगिता पोख्रेल, नरेन्द्रकुमार लिम्बू, पर्शुराम श्रेष्ठ, डा.अंकित शर्मा, अनिष श्रेष्ठ, किरण राई, शेखर गौतम, दीनेशचन तिम्सिना, सकुन्तला राई र अनिल तिम्सिना चयन भएका छन् ।
भेलाको बन्दसत्र अघि पाख्रीवास नगरपालिकाका नगर प्रमुख बिर्षबहादुर राईको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो । कार्यक्रममा नगर प्रमुख राई, एमाले नगर कमिटी अध्यक्ष शान्तिराम गौतम, संगठनका केन्द्रिय सदस्य गोबिन्द खत्री, जिल्ला अध्यक्ष रामकृष्ण सुवेदी, नगरका उपप्रमुख देवकला पौडेल तिम्सिना लगायतले संगठनको सक्षम नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।