संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले महिलाहरुका लागि डल कुशन बनाउँने तालिम आयोजना गरेको छ । महिलाहरुलाई सिप प्रदान गरी आत्मानिर्भर बनाउँने उद्धेश्यले एक महिने तालिम आयोजना गरिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले डल कुशन बनाउँने कपडा काटेर तालिम उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै मेयर नेपालले महिलाहरुलाई सिप प्रदान गर्न तालिम आयोजना गरिएको भन्दै सिप सिकेर आत्मानिर्भर बन्न महिलाहरुलाई सुझाव दिए । डल कुशन घरमै बनाउँन सकिने भएकाले सिकेको सिपलाई व्यवहारमा उतारेर आत्मानिर्भर बन्न महिलाहरुलाई मेयर नेपालले आग्रह गरे ।

महालक्ष्मी नगरपालिका वडा नं. ७ र ८ का २० जना महिलाहरु तालिममा सहभागि छन् । जितपुर र निगाले गरी दुई स्थानमा १०÷१० जना महिलाहरुलाई सहभागि गराएर तालिम सञ्चालन भइरहेको महालक्ष्मी नगरपालिकाका सहायक महिला विकास निरीक्षक गिता लुइटेलले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!