संगालोखबर सम्वाददाता

विराटनगर । बैंङ्किङ कसुर मुद्धामा फरार रहेका धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–४ पाचकन्याका ३२ बर्षीय बिशाल राई छन् ।

Advertisement

प्रतिवादी बिशाल राई भएको बैंङ्किङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको गत वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले उनलाई दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गर्दै उनलाई १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो ।

फरार रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय आरआइटी विराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँबाटै वुधबार पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बिहिबार सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ । उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!