संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फेदाम गाउपालिका–१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेत छन् ।

Advertisement

सोमबार दिउँसो पटमेरोको रुखमा चढेर हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक बस्नेत स्थानीय महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!