- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं.१ कमिटीका पदाधिकारीहरुले आइतवार पदभार ग्रहण गरेका छन् । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश १ कार्यालयमा साँझ एक कार्यक्रम गरी पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

Advertisement

माओवादीका प्रदेश १ इन्चार्ज राम कार्की, सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन् ।

माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचित हर्कबहादुर नेम्वाङ (मिक्सो), उपाध्यक्ष मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिव गणेश उप्रेती, सह–सचिव ऋषिराम ढुंगाना, कुमारी राई र सागर किराँती तथा कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदभार ग्रहण गरेका हुन् ।

माओवादी केन्द्रको प्रदेश अधिवेशन मंसिर २५ र २६ गते भएको थियो । अधिवेशनले २५९ जना कार्यसमिति सदस्य निर्वाचित गरेपनि पदाधिकारीमा सहमति जुट्न नसक्दा मतदान प्रकृयाबाट पदाधिकारी छानिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!