संगालोखबर सम्वाददाता

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा संगालोखबर अनलाइन मिडियाका सञ्चालक रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सञ्चालक कटेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

Advertisement

बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबरका सम्पादक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका उनी सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आवद्ध छन् । जिल्ला अधिवेशनले निवर्तमान जिल्ला कमिटीका उपाध्यक्ष कटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन् ।

संगालोखबरका निर्देशक गोमा ढुंगाना र प्रमुख सम्वाददाता सन्तोष सुवेदी पनि चौतारीको जिल्ला कार्य समिति सदस्यमा चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा विनु चेम्जोङ्ग, विश्वजित देउजा, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित भएका छन् ।

अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने प्रेस चौतारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!