- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं.१ को अध्यक्षमा कपिल देव ओली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत निर्वाचित भएका हुन् ।

ओलीको अध्यक्षतामा ७४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा खण्डमान राई, सचिवमा नवराज घिमिरे तथा उपसचिवमा सिताराम अधिकारी र बिमल काफ्ले चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमाले स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालवाबु पण्डितले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!