- संगालोखबर सम्बाददाता

मोरङ । मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा ट्याक्टरको ठक्करबाट आज एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुँनेमा उर्लाबारी–७ का २१ बर्षीय निश्चल बानियाँ छन् ।

Advertisement

बिहान करिब साढे ५ बजे प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा कलेज जाँदै गरेका बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका–६ का १९ बर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!