संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आज पनि कोरोना परीक्षण गरिदै छ । चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका करिव ४० जनामा कोरोना परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

चौबिसे र साँगुरीगढीमा विदेशबाट फर्किएकाहरुलाई ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । यसअघि हिजो पाख्रीवास, छथर जोरपाटी र जिल्ला अस्पतालमा २२ जनाको परीक्षण गरिएको थियो । धनकुटामा हालसम्म २६ जनाको परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन ।

जिल्लामा कोरोना परीक्षणका लागि प्रदेश सरकारकाले १ सय ३० वटा किट उपलब्ध गराएको छ । विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी कोरोना परीक्षणको काम भइरहेको छ ।

यसैवीच ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ को ‘क्रस चेक’ का लागि धनकुटा नगरपालिकाका एक व्यक्तिको ‘स्वाब’ परीक्षण गर्न आज धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइदैछ ।

Update News…

धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!