सुनसरी । इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती निधन भएको छ । क्यान्सरपीडित ५५ बर्षीय चौधरीको राती करिव साँढे १२ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
क्यान्सरले सताएपछि लामो समय उनलाई हस्पिटलमै राखेर उपचार गरिएको थियो । केहि दिन यता उनलाई इटहरी स्थित घरमा ल्याइएको थियो । उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनको पार्थिव शरिरलाई इटहरीको बुढीगंगा जमुना घाटमा आजै अन्त्यष्टी गरिने बताइएको छ । चौधरीका श्रीमतिसहित २ छोरी र १ छोरा छन् ।