गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सिलढुंगाको ओढारमा आज एक व्यक्तिको शव भेटिएको छ । धनकुटा–६ पात्लेका ४० बर्षीय मनोज खड्का ओढारको खोचमा मृत भेटिएका हुन् ।

Advertisement

प्रहरीका अनुसार गत आइतबार उनी घरमा कसैलाई नसोधि हिडेका थिए । उनी घर नफर्किएपछि परिवारले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । प्रहरीले उनको हुलियाका आधारमा खोजि गरिरहेको अवस्थामा ओढारमा उनको शव फेला परेको हो ।

ओढारबाट दुर्गन्ध आएको र छेउमा शंकास्पद अवस्थामा चप्पल भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा ओढारको खोचमा दिउँसो करिव साँढे १२ बजे खड्काको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुदर्शन कोइरालाले संगालोखबरलाई जानकारी दिए ।

ओढारमा भौडी रहेकाले त्यहा खसेर निश्किन नसक्दा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!