
खोटाङ । खोटाङको बाह्रपोखरी गाउँपालिकाकी एक महिलाले खुकरी प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बाह्रपोखरी–१ की ५० बर्षीया मेनुका राईले खुकुरी प्रहार गरी आफ्नै श्रीमान ५० बर्षीय छकुमार राईको हत्या गरेकी हुन् ।
खुकुरी प्रहारबाट राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि मेनुकालाई प्रहरीले पक्राउ गरेको छ । मृतक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाएको छ ।
खुकुरी प्रहारको कारण भने खुल्न वाँकी छ । घटनाको बिषयमा अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ ।