संगालोखबर सम्वाददाता
सहिदभूमीको क्वारेनटाइनमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितको टाली । फाईल तस्वीर

धनकुटा । धनकुटा जिल्लामै पहिलो पटक सहिदभूमी गाउँपालिकामा भारतीय महिलालाई क्वारेनटाइनमा राखिएको छ । भारतको नौगढ घर भएकी करिव ४५ बर्षीया महिलालाई सहिदभूमीको थलथले स्थित क्वारेनटाइनमा राखिएको हो ।

कोरोना आशंका गरिएका व्यक्तिलाई राख्न धनकुटा सदरमुकामको औद्योगिक ग्रामसहित बिभिन्न स्थानमा क्वारेनटाइन निर्माण गरिएको भएपनि जिल्लामा हालसम्म कसैलाई पनि क्वारेनटाइनमा राखिएको थिएन् ।

Advertisement

पहिलो पटक सहिदभूमीमा भारतीय महिलालाई क्वारेनटाइन पठाइएको गाउँपालिका प्रमुख मनोज राईले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘शंकास्पद अवस्थाकी महिलालाई देखेर गाउँलेले खबर गरेपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहितको टोली पठाएर क्वारेनटाइनमा ल्याई राखेका छौ ।’

भारत घर भएकी ती महिला कहिले नेपाल आएकी हुन् भन्ने पत्तो लागेको छैन । राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई गाउँ घुम्दै गरेको अवस्थामा भेटेर क्वारेनटाइनमा राखिएको हो । केहि दिन भित्र उनको कोरोना परिक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!