संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा आज बिहान भीरबाट खसेको ढुंगाले किचेर कामदारको मृत्यु भएको छ ।

निर्माणाधिन पुलमा काम गर्दै आएका भारतको सिपोल शंकरापुर गाउँ पञ्चायतका २४ बर्षीय नजिबुल महोमदको ढुंगाले लागेर मृत्यु भएको हो ।

Advertisement

दिनभर काम गरेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा बिहान करिव ३ बजे भीरबाट खसेको ढुङगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली घटनास्थल गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!