गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा पनि मंगलबारबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । पहिलो चरणमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउँने ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

रगतको माध्यमबाट गरिने यो टेष्टबाट १५ मिनेट भित्रै नतिजा पत्ता लाग्छ । कोरोना ‘पोजेटिभ’ देखिएमा थप प्रमाणित गर्न शंकास्पद व्यक्तिको ‘स्वाब’ परीक्षणका लागि ल्यावमा पठाइन्छ । पूर्वमा अहिले धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्र ‘स्वाब’ परीक्षण हुदै आएको छ ।

‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ का लागि प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालयलाई १ सय ३० वटा किट उपलब्ध गराएको छ । अब जिल्ला अस्पतालसहित अन्य स्थानमा पनि ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ थालिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार बुधबार पाख्रीवास र छथर जोरपाटीमा टेष्ट गरिनेछ । त्यस्तै बिहिबार साँगुरीगढी र चौबिसेमा स्वास्थ्यकर्मीको टोली गएर ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गरिनेछ । पहिलो चरणमा विदेशबाट २१ दिन भित्र आएकाहरुको कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईले बताए ।

पहिलो दिन तीन जनाको परीक्षण

पहिलो दिन मंगलबार धनकुटा नगरक्षेत्रका ३ जनामा कोरोना परीक्षण गरिएको छ ।

‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गरिएका दुई पुरुष र एक महिलामा कोरानाको संक्रमण नदेखिएको जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले बताए । उनले भने–‘विदेशबाट आएका र जिल्ला अस्पतालमा भर्ना भएकाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आयो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!