संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभा र खोटाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । गएराती बर्षासँगै परेको चट्याङले खोटाङमा दुई र संखुवासभामा एक जनाको मृत्यु भएको हो ।

बेलुका पौने ८ बजे आँगनमा रहेका बेला चट्याङ लाग्दा संखुवासभा पाँचखपन–२ की ५२ बर्षीया डम्बर कुमारी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement

त्यस्तैगरी बेलुका साढे ६ बजे बर्षासंगै परेको चट्याङले खोटाङ केपीलाशगढी–१ का १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बिश्वकर्माको मृत्यु भएको छ ।

आ–आफ्नै घरमा बसिरहेका दुबैजनाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पूर्वका बिभिन्न स्थानमा हिजो बर्षासँग चट्याङ परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!