संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुधबार २२ जनाको कोरोना परीक्षण गरिएको छ । ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

धनकुटा अस्पतालमा ६ जना, छथर जोरपाटीमा ८ जना र पाख्रीवासमा ८ जनाको कोरोना परीक्षण गरिएको हो । परीक्षणका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।

विदेशबाट आएकाहरुलाई लक्षित गरी परीक्षण गरिएको हो । तर, पाख्रीवासमा विदेश नगएकी महिलाको पनि लक्षणका आधारमा परीक्षण गरिएको छ । धनकुटा अस्पताल र छथर जोरपाटीमा परीक्षण गरिएका सबै पुरुष हुन् भने पाख्रीवासमा ४ जना महिलाको पनि परीक्षण गरिएको हो ।

यसैवीच धनकुटा अस्पतालमा एक जनाको ‘स्वाब’ लिइएको छ । र्‍यापिड टेष्टका क्रममा हरेक १० जना मध्ये १ जनाको ‘क्रसचेक’ गरिने हुँनाले परीक्षणका लागि ‘स्वाब’ लिइएको हो । ‘स्वाब’ परीक्षणका लागि बिहिबार धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईनेछ ।

मंगलबारबाट धनकुटामा र्‍यापिड टेष्ट थालिएको हो । पहिलो दिन तीन जनामा परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । यसअघि धनकुटा अस्पतालको आइसोलेसनमा भएका एक युवाको पनि धरानमा ‘स्वाब’ परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको थियो ।

रगतबाट गरिने ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ बाट १५ मिनेटमै रिपोर्ट आउछ । र्‍यापिड टेष्टमा कोरोना ‘पोजेटिभ’ देखिएमा बिरामीको नाक र घाँटी भित्रको तरल पदार्थ ‘स्वाब’ परीक्षण गरेर कोरोना संक्रमणको यकिन गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!