संगालोखबर सम्वाददाता

बिराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारको अग्रपंतिमा भूमिका निर्वाह गर्नेहरुको सम्मानका लागि आज बिराटनगरमा पनि राष्ट्रगान गाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गरेको आग्रह बमोजिम राष्ट्रगान गाइएको हो ।

Advertisement

उद्योग संगठन मोरङले पनि सामुहिक राष्ट्रगान गाउँने कार्यक्रम गरेको छ । सामाजिक दुरी कायम गर्दै संगठनका कार्यसमिति सदस्यहरुले कार्यालय परिषरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रगान गाएका हुन् ।

सो अवसरमा संगठनका अध्यक्ष भीम घिमिरेले महामारीबाट आफु बच्न र अरुलाई पनि बचाउँन सबैले भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउँदै सबैको सकारात्मक सहयोगले मुलुक चाडै कोरोनामुक्त बन्ने विश्वास व्यक्त गरे ।

कोरोना संक्रमण रोकथाम र उपचारको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीसहित अत्यावश्यक सेवामा खटिरहेका व्यक्तिहरुको सम्मानका लागि प्रधानमन्त्री ओलीले राष्ट्रगान गाउँन देशबासीलाई आग्रह गरेका थिए । सोहि बमोजिम देशभर आज बिहान ८ बजे घर–घरमा राष्ट्रगान गाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!