संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा स्वास्थ्य सामाग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारहरुलाई अवरोध गरिएको हो ।

Advertisement

समाचार संकलनका लागि प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले कार्यालय परिषरबाट अपमानजनक हिसावले बाहिर निकालेको पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र घिमिरेले संगालोखबरलाई जानकारी दिए । ‘दुई जना पत्रकारलाई प्रशासनबाट अपमान गरेर निकालियो । वाँकी साथीहरुलाई बाटोमै रोकेर प्रशासन कार्यालय जानै दिईएन ।’ घिमिरेले भने ।

प्रतिष्ठानले हेलिकप्टरमार्फत पठाएको सामाग्री सल्लेरी व्यारेकमा उतारेर प्रशासन कार्यालयमा विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम भएकाले पत्रकारहरु गएका हुन् । पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्ष घिमिरेसहित केहि क्रियासिल पत्रकारहरु समाचार संकलनका लागि पुगेको भएपनि प्रशासनको अवरोधका कारण उनीहरु त्यसै फर्किएका छन् ।

यसैवीच समाचार संकलनमा अवरोध गरिएको बिषयमा प्रतिक्रिया लिनका लागि प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीलाई फोन गर्दा सम्पर्क हुँन सकेन । फोन काटियो । यता, जिल्ला प्रहरी प्रमुख सुदर्शन कोइरालाले यो बिषयमा पछि कुरा गर्ने प्रतिक्रिया दिएका छन् ।

यो पनि हेर्नुहोस्..

धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!