- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

Advertisement

बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सहयोग पुर्याउँन आर्थिक सहयोग गरेको पौडेलले जानकारी दिए । संगालोखबरसँगको फोन सम्पर्कमा उनले भने–‘विदेशमा दु:ख गरेर भएपनि गाउँका गरिब दुखी र यो संकटको बेला अफ्ठेरोमा परेकालाई सघाउन आर्थिक सहयोग गरेका हुँ ।’

बैदेशिक रोजगारीको सिलसिलामा पाँच बर्ष अघिदेखि पौडेल मलेसिया बस्दै आएका छन् ।

यसैबीच महालक्ष्मी नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न सवैमा आवहन गरेको छ । कोषमा जम्मा भएको रकमबाट गरिब, बिपन्न र समस्यामा परेका नगरबासीलाई सहयोग गरिने हुँनाले इच्छुक व्यक्तिहरुलाई सहयोगका लागि अपिल गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!