धरानमा एकैदिन ७१ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा थपिए १४२ संक्रमित
विराटनगर । प्रदेश १ का थप १ सय ४२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ मा १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ३१ महिला र ११२ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा एकैदिन सबैभन्दा बढी ७१ जना कोरोना संक्रमित थपिएका ...

























