संगालोखबर

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन को आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदान मा सञ्चालन भएको क्रिकेट युनाइटेड कप–२०२६ सिरिज बराबरीमा सकिएको छ ।

Advertisement

बुधबार बिहान परेको वर्षाका कारण मैदानमा पानी जम्दा सिरिज अन्तर्गत बागमती प्रदेश र इक्वालिटी कप–११ बीचको तेस्रो खेल रद्द भएको हो । खेल रद्द भएसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा टुंगिएको आयोजकले जनाएको छ ।

सिरिजको पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने बागमती प्रदेशले २२ रनको जित निकाल्दै सिरिज बराबरीमा ल्याएको थियो ।

प्रतियोगितामा इक्वालिटी कप–११ की टिका साह उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै, उत्कृष्ट ब्याटरको उपाधि इक्वालिटी कप–११ की सानु राजवंशी ले प्राप्त गरिन् भने उत्कृष्ट बलर बागमती प्रदेशकी पार्वती खत्री घोषित भइन् । उदयमान खेलाडीको पुरस्कार बागमती प्रदेशकी लक्ष्मी माया रुम्बा ले हात पारिन् ।

विजेता तथा उत्कृष्ट खेलाडीलाई अविशेक श्रेष्ठ ले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!