संगालोखबर


विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विथाउट बाउन्ड्रिजको सहकार्य तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवर्द्धनमा ग्रासरुट क्रिकेट महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरूलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवर्द्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सृजना गर्नु रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

कोशी प्रदेशका विराटनगर, सुनसरी, उदयपुर, पथरी र इलाम तथा मधेश प्रदेशका सिरहा र राजविराजका ७ वटा हबबाट ६३ जना बालिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।

महोत्सवभर ८ ओभरको सफ्ट बल क्रिकेटका ११ वटा खेलहरू बिहानैदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।

प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!