संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र कोशी क्रिकेट संघको आयोजनामा विराटनगरमा भएकाे नेपाल हव पुरुष टी-२०क्रिकेट प्रतियोगिताको उपाधि सिरहाले जितेको छ ।

आज भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय १० रन बनाएको थियो ।

सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस विकले ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पाएको विराटनगरले १८ दशमल ३ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो  । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा  क्षितिज करणले १६ रनको योगदान दिए । सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।

बैशाख २१ गतेदेखि सुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशका सिरहा र राजविराजसहित ५ टिम सहभागि थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका सचिव पारस खड्का, कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!