संगालोखबर

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र कोशी क्रिकेट संघको आयोजनामा विराटनगरकाे मेरिलेवन ज्वाला क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव भिड्ने भएका छन् ।

आज भएको लिगको अन्तिम खेलमा विजयी हुँदै लिगको शीर्ष दुई हुँदै सिरहा र विराटनगर फाइनलमा प्रवेश गरेका हुन् ।

पहलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गरेको छ । आज विहान वर्षा भएपछि १० ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गरेकोे सिरहाले ८ विकेट गुमाई ५७ रन बनाएको थियो । सिरहाका कप्तान आयुस विकले सर्वाधिक २० रन बनाए । राजविराजका अजय यादवले ३ विकेट लिँदा नितिस शर्मा पनि ३ विकेट लिए ।

५८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर ५६ रन बनायो । राजविराजका निवेश मण्डलले सर्वाधिक १४ रनको योगदान दिए । सिरहाका अविशेक रायले ३ विकेट लिँदा आयुस विकले २ विकेट लिए । खेलको प्लेयर अफ म्याच सिरहाका अलराउण्डर खेलाडी आयुस विक घोषित भए ।

दोस्रो खेलमा इटहरी हवले अपराजित टिम विराटनगर हवलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ७९ रन बनाएको थियो ।

विराटनगरका अरुण मण्डलले अविजित ४० रन बनाउँदा आकाश यादवले १० रन बनाए । इटहरीका प्लेयर अफ म्याच दिवश विष्टले ४ विकेट लिँदा असान खान ३ विकेट लिए ।

८० रनको लक्ष्य पाएको इटहरीले १८ दशमल ३ बलमा ८ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको छ । इटहरीका असान खानले १५ रनको योगदान गरे । विराटनगरका मनिष कामतले ३ लिँदा अरुण मण्डल र देवराज झाले २–२ विकेट लिए ।

सिरहा ४ खेलमा ३ मा जित र १ खेल रद्ध भएपछि ७ अंककासाथ शीर्ष स्थानमा रहेको छ भने विराटनगर ४ खेलमा २ मा जित र १ मा खेल रद्ध भएपछि ५ अंकका साथ दोस्रो स्थानमा छ ।

राजविराज ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरी ४ खेलमा २ मा पराजित, १ मा जित र १ खेल रद्ध भएपछि ३ अंककासाथ चौथो तथा उदयपुर ४ खेलमा ३ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!