संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब महेशपुर मोरङले जितेको छ  ।

Advertisement

नडियाटोलको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरीलाई ३-० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो ।

चौधरी चौकलाई उपाधि दिलाउन अनिष राजधामीले दुई तथा सनिस लिम्बुले एक गोल गरे । विजेता चौधरी चौकले ५१ हजार र उपविजेता गोल्डेन स्टारले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ द म्याच चौधरी चौकका अनिष राजधामी घोषित भए । उनले नगद एक हजार एक सय नगद पुरस्कार पाए । विजेतालाई प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतले पुरस्कार वितरण गरेका थिए ।

दिप ज्योति युवा क्लब ग्रामथान-१ लखन्तरी मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोली सहभागि थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!