संगालोखबर
फाइल तस्बिर

झापा । झापाको काँकडभिट्टामा ‘छैटौँ राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप’ हुने भएको छ । आगामी भदौ ७ देखि १० गतेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो ।

नाइट चेस क्लब र नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हुने च्याम्पियनसिपमा दुईवटा बेग्लाबेग्लै स्पर्धा हुने जनाइएको छ । ‘रेटिङ बिलो २०००’ र ‘रेटिङ बिलो १७००’ को बेग्लाबेग्लै स्पर्धा हुने महासङ्घले जनाएको छ ।

Advertisement

च्याम्पियनसिपका निर्देशक विश्‍वविजय घिमिरेका अनुसार खेलहरू काँकडभिट्टा खानेपानीको हलमा हुनेछन् । च्याम्पियनसिपमा सहभागिताका लागि आयोजकले खेलाडीहरूलाई अपिल गरेको छ ।

च्याम्पियनसिपमा प्रथम हुनेले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने घिमिरेले बताए । यस्तै, चौथोले १२ हजार, पाचौँले १० हजार, छैटौँले ८ हजार, सातौँले ६ हजार तथा आठौँ, नवौँ र दशौँ स्थानमा आउनेले ५/५ हजार रुपैयाँ पुरस्कार पाउने महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!