संगालोखबर

विराटनगर । विश्व खेलकुदको सर्वाधिक ठूलो प्रतियोगिता ओलम्पिकको औपचारिक सुरुवात आजबाट हुँदैछ । फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक खेलमा २०६ देशका १० हजार ७१४ खेलाडीले सहभागिता जनाउँदैछन् ।

Advertisement

ओलम्पिकमा नेपालबाट पाँच खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन समारोह नेपाली समयअनुसार आज राति ११ः१५ मा सुरु हुनेछ। उद्‌घाटन समारोहमा २०६ देशका १० हजार ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । ओलम्पिकको १ सय २९ वर्षे इतिहासमा पहिलो पटक ओपनिङ समारोह स्टेडियम बाहिर हुँदैछ ।

पेरिसको चर्चित सीन नदीमा प्रतियोगिताको उद्‌घाटन समारोह हुनेछ ।  उद्घाटन समारोह हेर्नका लागि १२० देशका नेता तथा प्रशासनिक अधिकारीहरू पेरिस पुग्ने जनाइएको छ । प्रतियोगिताको उद्‌घाटन समारोह विश्वभर टेलिभिजन र अनलाइनमार्फत १ अर्ब ५० करोड मानिसले हेर्ने अनुमान गरिएको छ ।

पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!