संगालोखबर

विराटनगर । मलेसियामा आयोजना हुने दोस्रो ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुने नेपाली खेलाडी आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

Advertisement

तौलसमूह ६० केजी पुरुषतर्फ विज्ञान पुन र विशाल बिसी, ६७ केजी तौलमा आशिष चौधरी, ७५ केजी तौलमा सचिन थापा तथा ८४ केजी तौलमा निरज बाबु थापाले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । नेपालको टिम कोचमा हरिबहादुर घर्ती र टिम व्यवस्थापकतर्फ खगेन्द्र बुद्ध पनि मलेसिया जाँदै छन् ।

अगस्ट १० र ११ गते मलेसियामा प्रतियोगिता सञ्चालन हुने र १२ तारिखमा नेपाल फर्किने कार्यक्रम रहेको टीम कोच घर्तीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!