धनकुटामा आप्रवासन दिवसको दीप प्रज्वलन
धनकुटा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रको आयोजनामा मदनचोकमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित नगरका कर्मचारीहरू, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय आप्रवासन दिवस, १८ डिसेम्बर २०२४...






























