
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ मा एक पुरुष मृत फेला परेका छन् । मृत्यु हुनेमा सोही स्थानका ३६ वर्षीय राजकुमार ऋषिदेव छन् ।
प्रहरीका अनुसार आज दिउँसो घरनजिकै रहेको पानीको नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
उनको मृत्युको कारण खुल्न बाँकी रहेको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













