धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध
धनकुटा । धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनको भाडादर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् । व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मनोमानी ढङ्गले भाडावृद्धि गरी मर्कामा पारेको भन्दै विरोध गरेका हुन् ।
बसपार्कस्थित नगरपालिकाको स्वामित्वमा रहेको व्यापारिक भवन भाडामा लगाइएको छ । उक्त भवनमा १३ जनाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफूहरूलाई मर्कामा पार्ने गरी नगरपालिका...






























