तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
तेह्रथुम । तेह्रथुमको प्रणामी माध्यमिक विद्यालयको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने भएको छ । आठराई गाउँपालिका-४ इवामा अवस्थित उक्त विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवन निर्माण भएको छ । उक्त भवनको मंसिर २६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री ओलीको औपचारिक शिक्षा यही विद्यालयबाट प्रारम्भ भएको थियो । ओम हङ गिल फाउन्डेशन दक्षिण कोरिय...




























