
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ मा करेन्ट लागेर घर निर्माणको काम गर्ने मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जू गाउँपालिका-६ का ३५ वर्षीय नन्दकुमार चौधरी छन् ।
करेन्ट लागेर गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे निर्माणधीन घरको छत ढलान गर्न फलामको डन्डी मिलाउने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ।
फलामले अचानक नाङ्गो बिजुलीको तारमा छुँदा घाइते भएका दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा नन्दकुमारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रवणलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था पनि गम्भीर छ ।

संगालोखबर 













