सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे
सोलुखुम्बु । सोलुखुम्बुको थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँ प्रभावित बनेको छ । बाढीले उक्त गाउँका केही घरहरू बगाएको छ । सोलुखुम्बु र दोलखाको सीमा भएर बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरू बगाएको जनाइएको छ ।
थामेको बाढी दुधकोसीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सु...





























