संगालोखबर


विराटनगर । नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कानेपोखरी गाउँ समिति र रमाइलो क्याम्पस समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य जयराज सम्योक लिम्बू, प्रदेश महासचिव नयन राई र कानेपोखरी गाउँपाटी इन्चार्ज अम्बिका अर्याललगायतको उपस्थितिमा भएको कार्यक्रममा पुष्पलालको योगदानको चर्चा गरिएको थियो ।

सोही अवसरमा क्याम्पस प्राङ्गणमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । कार्यक्रममा विद्यार्थी, स्थानीय समुदाय, पाटीका नेता  र संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!