
विराटनगर । विराटनगर-१० मा रहेको अर्किड माध्यमिक विद्यालयको कक्षा ११ मा एक हजार बढी विद्यार्थी भर्ना भएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ भर्ना भएका विद्यार्थीलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरणसँगै स्वागत गरेको हो ।
विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको अर्किडले सोही अनुरूप विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको बताए । प्रधानाध्यापक सीएम श्रेष्ठले अनुशासनले सही मार्गमा पुर्याउने भन्दै विद्यार्थीहरूलाई अनुशासित हुन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई समयसँगै अघि बढ्न र प्रविधिसँग नजिक भएर अध्ययन गर्न सुझाव दिए । उनले सकारात्मक सोचका साथ लगनशील भएर मेहनत गर्न आग्रह गरे । सोही अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

संगालोखबर 













