
विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ स्थित एक कवाडी गोदाममा आगलागी भएको छ । आज दिउँसो लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाका अनुसार अहिले दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।
दुहबीसहित विराटनगर, इटहरी र इनरुवाबाट आएका दमकलले आगो निभाउने काम भइरहेको छ । आगलागीको कारण खुलेको छैन ।

संगालोखबर 













