बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भोटेकोशी बाढीपीडितका लागि सहयोग रकम प्रदान गरेको छ । प्रतिष्ठान परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख दुई हजार रुपैयाँ जम्मा गरिएको हो । प्रतिष्ठानका पदाधिकारी, सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व-कर्मचारीहरूबाट स्वतःस्फूर्त रूपमा १ दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरेर सहयो...
धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

धनकुटा । धनकुटाको हिले बजार र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलहरूको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी चौकी हिले र इलाका प्रहरी कार्यालय पाख्रिबासको टोलीले गरेको संयुक्त अनुगमनमा विभिन्न कैफियत फेला परेको हो । अनुगमनका क्रममा पाख्रीबास-४ स्थित भुवन कार्की र दे...
जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितका लागि सहयोग गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो । कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्...
धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा ब...
न्युरो अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई २१ लाख सहयोग

न्युरो अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई २१ लाख सहयोग

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई २१ लाख सहयोग गरेको छ । बाढी प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर चेक हस्तान्तरण गरेका ...
विराटनगरको अरनिको कलेजद्वारा बाढीपीडितलाई १० लाख सहयोग

विराटनगरको अरनिको कलेजद्वारा बाढीपीडितलाई १० लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि विराटनगरको अरनिको कलेजले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ मोरङलाई १० लाख १ हजार १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कलेजका प्राचार्य राजेश कार्कीसहित कलेज सञ्चालकहरू विलास लुइँटेल, भर...
धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटा । धनकुटा नगरपालिका-८ मार्गथान क्षेत्रमा पानीको मुहान संरक्षण गर्न विभिन्न प्रजातिका करिब २ हजार बिरुवा रोपिएका छन् । हिन्दकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (हाईकास) परियोजना अन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा बिरुवा रोपिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण गाउँघरमा पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण तथा जल पुनर्भरण गर्न वृक्षारोपण गरिएको जनाइए...
एमाले कोशी प्रदेश संसदीय दलद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

एमाले कोशी प्रदेश संसदीय दलद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलले बाढीपीडितहरूका लागि ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । १० भदौमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूका लागि एमाले कोशी प्रदेश सभा संसदीय दलले सहयोग गर्ने भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा दलको तर्फबाट ४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उल्लेख छ । विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, ...
विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धानखेतमा सालनालसहित फेला परेको नवजात शिशु (छोरा) कसको हो भन्ने खुल्न सकेको छैन । भदौ १३ गते शनिबार बिहान करिब ९ः४० बजे फेला परेको शिशुका आफन्त अझैसम्म नभेटिएका हुन् । ‘अभिभावक भेटिएन भने बल्ल अभिभावकत्वको लागि कुरा हुन्छ’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘अहिले नवजात शिशुलाई नोबेलमै राखिएको छ ।’ धनखेलमा ...
सुनसरीबाट ४५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ४५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार चेकजाँचका क्रममा प्रहरीले ४५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । दुहबी नगरपालिका-११ नहर चोकस्थित भित्री सडक खण्डमा चेकजाँचका क्रममा २१ प ७९८० नम्बरको मोटरसाइकलबाट २८ किलो गाँजा बरामद भएको छ । गाँजा फेला परेसँगै प्रहरीले मोटरसाइकल चालक देवानगन्ज गाँउपालिका-३ का २३ वर्षीय एमडी जावेद मियालाई पक्राउ गरेको...
धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८२/८३ मा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त संख्यामा उद्योग बन्द भएका हुन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष प्रशासनतर्फ जम्मा १ सय २३ तथा वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । यस्तै गत आर्थिक वर्ष १ सय ४८ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । जसमा वाणिज्यत...
विराटनगरको दिव्य ज्योति अस्पतालले भन्यो : गाँजा बोकेको भ्यान हाम्रो होइन

विराटनगरको दिव्य ज्योति अस्पतालले भन्यो : गाँजा बोकेको भ्यान हाम्रो होइन

विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान आफ्नो नभएको दाबी गरेको छ । दिव्य ज्योति अस्पताल प्रालि लेखिएको मारुती भ्यानमा ६० किलो गाँजा भेटिएपछि अस्पतालले आज पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल बीओपी दरैयाको टोलीले दिव्य ज्योति अस्पताल प्रालिको को १ च ६६२० नम्बरको भ्यानबाट ६० किलो गाँजा बरामद गरेको भ...
विराटनगरमा भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

विराटनगरमा भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

विराटनगर । विराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने ५९ औं संस्करणको रथयात्राको तयारी तीव्र पारिएको जानकारी दिएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ २० गते अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडश...
मोरङको जहदामा रामजानकी मन्दिरबाट चोरी भयो राम-सीताको मूर्ति

मोरङको जहदामा रामजानकी मन्दिरबाट चोरी भयो राम-सीताको मूर्ति

विराटनगर । मोरङमा मन्दिरबाट मूर्ति चोरी भएका छन् । जहदा गाउँपालिका-३ स्थित रामजानकी मन्दिरबाट भगवान् राम-सीताको मूर्ति चोरी भएको हो । ‘आज बिहान मूर्ति चोरी भएको जानकारी प्राप्त भएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पुजारी फूल टिप्न गएका बेला अष्ट धातुबाट बनेका मूर्ति चोरी भएको अवस्था छ ।’ मूर्ति चोरी भएको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको ...
विराटनगरमा अस्पतालको भ्यानभित्र भेटियो ६० किलो गाँजा

विराटनगरमा अस्पतालको भ्यानभित्र भेटियो ६० किलो गाँजा

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा अस्पतालको भ्यानबाट गाँजा बरामद भएको छ । दिव्य ज्योति अस्पताल प्रा.लि. लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट ६० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले सीमावर्ती सो क्षेत्रबाट मङ्गलबार राति करिब ११ बजे गाँजा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यान चालक गाडी छोड...
उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

विराटनगर । उद्योगी व्यवसायीहरूको मुलुककै सबैभन्दा जेठो संस्था मोरङ उद्योग व्यापार संघले ७५ बर्षे इतिहास रचेको छ । औद्योगिक नगरी विराटनगरमा २००७ सालमा स्थापना भएको संघले विभिन्न आरोह-अवरोह झेल्दै ७५ वर्ष पार गरेको हो । दुई वर्षअघि मोरङ व्यापार संघबाट नाम परिमार्जन गरेर बनेको मोरङ उद्योग व्यापार संघले मङ्गलबार आफ्नो ६९ औं वार्षिक साधारण सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा भव्य समारोह आयोज...
संखुवासभाका दुई ठूला सडक आयोजना वर्षौंदेखि अलपत्र

संखुवासभाका दुई ठूला सडक आयोजना वर्षौंदेखि अलपत्र

विराटनगर । संखुवासभामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौंदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । पटक-पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयमा आयो...
सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका नागरिकले अब जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउने भएका छन् । सहज, पहुँच योग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र सुनवर्षी नगरपालिका उप-प्रमुख मीरादेवी ...
विराटनगरको शिक्षादीप कलेजद्वारा बाढीपीडितलाई १२ लाख ५१ हजार सहयोग

विराटनगरको शिक्षादीप कलेजद्वारा बाढीपीडितलाई १२ लाख ५१ हजार सहयोग

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि सहयोग रकम उपलब्ध गराएको छ । कलेजले बाढीमा प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुनेगरि कलेजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा चेक प्रदान गरेको छ । कलेजका अध्यक्ष तथा कोशी प्रदेशका पूर्वमन्त्री भीम...
रंगेलीको त्रिभुवन माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग

रंगेलीको त्रिभुवन माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग

विराटनगर । सहयोग सानो-ठूलो हुँदैन, यत्ति हो मन हुनुपर्छ । यसको उदाहरण मोरङको रंगेली नगरपालिका-१ गोहीगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन् । भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वइच्छाले ९९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । विद्यालयका अनुसार उनीहरूले एक दिनको खाजा खर्च कटौती गरी बाढीपीडितलाई सहयोग गरेका हुन्...
मोरङबाट एकैदिन पक्राउ परे १५ फरार प्रतिवादी

मोरङबाट एकैदिन पक्राउ परे १५ फरार प्रतिवादी

विराटनगर । मोरङका विभिन्न स्थानबाट एकैदिन १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । सोमबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलका लागि मोरङ जिल्ला अदालत बुझाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जबरजस्ती करणी मुद्दाका चार,...
मोरङका जीवन रेग्मी दशैं अगाडि घर आउँछु भन्थे, बाढीपछि भए सम्पर्कविहीन

मोरङका जीवन रेग्मी दशैं अगाडि घर आउँछु भन्थे, बाढीपछि भए सम्पर्कविहीन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ शनिश्चरेका ३० वर्षीय जीवन रेग्मी दशैं अगाडि नै घर आउने तयारीमा थिए । विदेशमा रहेका दाजु जगन रेग्मीलाई भनेका थिए, असोज १०/१५ तिर घर जान्छु । तर १० भदौमा आएको विनाशकारी बाढीपछि जीवन सम्पर्कविहीन छन् । बाढी आएको सातौं दिनसम्म उनको अवस्था अज्ञात छ । ‘भाइसँग बाढी आउनुभन्दा एक/दुई दिन अघि म्यासेन्जरमा कुरा भएको थियो’, रोजगारीको सिलसिलामा दुवैमा रहेका जगनले संगा...
भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् सुनसरीका सचिन

भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् सुनसरीका सचिन

विराटनगर । भदौ १० गते राति करिब साढे ८ बजे परिवारका सदस्यसँग फोनमा कुराकानी भएको थियो । करिब आधा घण्टाको संवादपछि भोलि कुरा गर्ने भन्दै फोन राखियो । तर त्यसपछि कुनै संवाद हुन सकेको छैन । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सुनसरीको दुहबी-४ का सचिन गौतमकी मामाकी छोरी अनुपा सापकोटाले सुनाइन् । बाढी आएको खबरपछि भाइलाई फोन गर्दा सम्पर्क हुनै नसकेको उनले बताइन् । २६ वर्षीय गौतम करिब डेढ वर्षदेखि रसु...
विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगर । विराटनगरको हिमगिरी हाइजिन लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि ७० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । उद्योगी महेश जाजु र प्रकाश मुन्दडाद्वारा सञ्चालित हिमगिरीले बाढीपीडितका लागि ठूलो मात्रामा हाइजिन सामग्री सहयोग गरेको हो । बाढी प्रभावितहरूका लागि ७० लाख मूल्य बराबरको नुहाउने, लुगाधुने र भाडा माझ्ने सावुनसहित टिसर्ट पनि प्रदान गरिएको हिमगिरीका सञ्चा...
विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले आजबाट प्रयोगशाला सेवा सुरु गरेको  हो । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको...
विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरूलाई नियमित प्रशिक्षण गराएर राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने भएको छ । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने दोस्रो दिन विभिन्न समुहबीच प्रतिष्पर्ध...
विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा र एके राठी ग्रुपले १ करोड १ हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीमा परेर प्रभावित बनेकाहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक प्रदान गरिएको हो । सारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठीले अर्थमन्त्री डा.स्वर्णिम वाग्...
विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन् । आइतबार बिहानको राति करिब १२ः२० बजे पुरुषोत्तम न्यौपानेको घरको छतबाट खसेर मृत्यु भएका अन्दाजी ३४/३५ वर्षीय पुरुषको पहिचान नखुलेको हो । ‘अहिलेसम्म पहिचान खुलेको छैन । पहिचान खुलाउनका लागि प्रयास गरिरहेका छौं’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पहि...
बाढीपीडितका लागि आर्या न्युरो अस्पतालद्वारा एक लाख एक हजार सहयोग

बाढीपीडितका लागि आर्या न्युरो अस्पतालद्वारा एक लाख एक हजार सहयोग

विराटनगर । विराटनगर-३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालले एक लाख एक हजार रुपैयाँ जम्मा गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले विपद्का बेला प्रभावित समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयो...
उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहान कटारी नगरपालिका-६ बाँकेटारस्थित शान्तिवन क्षेत्रबाट प्रहरीले एक हजार एक सय २२ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको विभिन्न स्थानमा ५२ वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको छ । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न...
विराटनगरमा १५ हजार भक्तजनको सहभागितामा श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने

विराटनगरमा १५ हजार भक्तजनको सहभागितामा श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने

विराटनगर । विराटनगरमा यही भदौं १९ गते श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गर्न लागेको हो । स्कोन विराटनगरले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी भइरहेको जानकारी दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष विराटनगरमा विशेष कार्यक्रम गरिदै आएको छ । त्यसैल...
error: Content is protected !!