तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत
धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।
गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो...































