
लेटाङ । मोरङको लेटाङमा पाँच प्रकारका धर्मको साझा अपनत्व झल्कने गरी धार्मिक शान्ति पार्क बनाइएको छ । धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता प्रवर्द्धन गर्न हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई समेटेर पार्क निर्माण गरिएको हो ।
धार्मिक सहअस्तित्वको नमूना स्थलका रूपमा हेरिएको यो पार्कभित्र विभिन्न धर्मका प्रतीक तथा संरचनाहरू राखिएको छ । पार्क परिसरमा मदिरा सेवन, धूम्रपान, राजनीतिक गतिविधि तथा धार्मिक प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।
यसले शान्त, मर्यादित र आध्यात्मिक वातावरण निर्माण हुने अपेक्षा छ । यो पार्कले धार्मिक पर्यटक आकर्षित गर्न सघाउ पुर्याउने स्थानीयको विश्वास छ ।


संगालोखबर 














