आधा घर धनकुटा आधा पाँचथरमा, एउटै कामको लागि दुई जिल्ला धाउनुपर्ने बाध्यता
धनकुटा । एउटै घर दुई जिल्लामा पर्छ भन्दा विश्वास नलाग्न सक्छ । तर धनकुटाको चौबिसे गाउँपालिका-१ स्थित छ नम्बर बुधबारे बजारका झण्डै २२ घर दुई जिल्लामा पर्दछन् । त्यहाँ बनेका घरको आधा भाग धनकुटा र आधा भाग पाँचथर जिल्लामा पर्दछ ।
जसका कारण स्थानीयहरूले लामो समयदेखि आर्थिक तथा प्रशासनिक कामको झमेला खेप्न बाध्य छन् । छविलाल गुरुङको घर आधा धनकुटा र आधा पाँचथरमा पर्दछन् ।
गुरुङको घरको एकापटि्टको बलेसि...































