
विराटनगर । एभरेष्ट कलेज विराटनगरले जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा लिने भएको छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा भर्ना खुला गरेको एभरेष्टले प्रवेश परीक्षाको मिति पनि तोकेको हो । जेठ ४ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा लिने तय भएको कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए ।
सीमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान र व्यवस्थापन संकायमा गरी २ सय १० जना भर्ना गर्नेछ । विज्ञान संकायमा १४० र व्यवस्थापन संकायमा ७० जना विद्यार्थी भर्ना लिइने कलेजले जनाएको छ । कोशी प्रदेशकै सुविधा सम्पन्न कलेजका रुपमा स्थापित एभरेष्टले संख्या भन्दा गुणस्तर राम्रो बनाउन सीमित सिटमा मात्र भर्ना लिने गरेको छ ।
एउटा कक्षा कोठामा ३५ जना विद्यार्थीलाई मात्र राखेर अध्यापन गराउने गरिएको छ । विद्यालय स्तरदेखि नै बालबालिकाको सिकाइको स्तर अनुसार न्यूनतम संख्या मात्र राखेर अध्यापन गराउँदै आएको छ ।
एसईईमा पनि उत्कृष्ट नतिजा
यसैबीच २०८२ को एसईईमा पनि एभरेष्टले उत्कृष्ट नतिजा ल्याएको छ । १९३ जना विद्यार्थीले परीक्षा दिएकोमा शत प्रतिशत उत्रिर्ण भएका छन् । न्यूनतम ३.२५ देखि ४ जीपीए ल्याएर विद्यार्थी उत्तीर्ण भएको कलेजले जनाएको छ । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७६ छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ छ ।
एसईईमा पनि राम्रो नतिजा आएको भन्दै प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट सँधै उत्कृष्ट रहने दावी गरे । ‘हाम्रा विद्यार्थीको सिकाई र बुझाईमा समानता छ । केहि धेरै राम्रो र केही धेरै कमजोर हुने अवस्था एभरेष्टमा हुँदैन।,’ पुरीले भने, ‘एभरेष्ट आफैँमा एउटा स्थापित ब्रान्ड हो, सँधै आफ्नै गुणस्तरमा अघि बढ्छ ।’
अध्यापनमा नवीन प्रविधि प्रयोग
एभरेष्टले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य गरी अध्यापनमा नवीन प्रयोग गर्दै आएको छ । विराटनगरबाट नै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सकिन्छ भन्दै एभरेष्टले नेपालको मात्र नभई युग सुहाउँदो शिक्षा दिन बेलायतको एनसीसी कोर्ष लागू गरेको छ ।
यस्तै भौतिक पूर्वाधारहरू पनि विश्वस्तरीय बनाउँदै लगेको छ । हरेक कक्षा कोठालाई वातानुकूलित बनाएको एभरेष्टले प्रविधिको समेत उच्चतम् प्रयोग गर्दै आएको छ ।

संगालोखबर 

















