संगालोखबर

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले १० वर्षभन्दा बढी समय काम गर्ने नर्सहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर नोबेलमा लामो समयदेखि कार्यरत ४५ जना नर्सहरूलाई सम्मान गरिएको हो ।

Advertisement

अस्पतालको सघन उपचार कक्ष, अपरेशन थ्रिएटर, आकस्मिक कक्ष लगायत विभिन्न विभागमा कार्यरत नर्सहरू सम्मानित भएका छन् । गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नर्सहरूलाई सम्मान गरिएको अस्पतालका महानिर्देशक दिपेश राईले जानकारी दिए ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.राजेश नेपाल, अस्पताल निर्देशक प्रा.डा.अशोक कोइराला, नायब प्रमुख कार्यकारी अधिकृत प्रा.डा.विजय साह, सहप्राचार्य प्रा.डा.ऋतु बराल, नर्सिङ निर्देशक इन्दिरा पोखरेल, मेट्रोन श्रीजु पराजुली लगायतले नर्सहरूलाई अबिर, खादा र सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् ।

नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा नर्सहरूको मेहनत, सेवाभाव र स्वास्थ्य क्षेत्रको योगदानको चर्चा पनि गरिएको थियो । अस्पतालले गरेको यो सम्मानले मनोबल उच्च हुनुका साथै काममा थप हौसला मिलेको भन्दै नर्सहरूले खुशी व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!