सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु
विराटनगर । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउ नसक्दा कारागार परेका २८ वर्षीय विकास राईको मृत्यु भएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका-८ घर भई धरान उपमहानगरपालिका-१२ बस्दै आएका राई आज बिहान एक्कासि बेहोस भएर ढलेपछि जिल्ला अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको झम्का कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । ‘बेलुका औषधी खाएर सुते...






























