विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा देशैभरका स्थानीय तहका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा जेठ २३ र २४ गते हुने सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्‌घाटन गर्ने तय भएको छ । सम्मेलनमा ६ वटा महानगरका उप-प्रमुख, ११ उपमहानगरका उप-प्रमुख, कोशी प्रदेशका एक सय ३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल दुई सय ९१ ...
ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भीरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । फक्तालुङ गाउँपाल...
अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण

धनकुटा । धनकुटा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाद्वारा नगरपालिकामा आज आयोजित कार्यक्रममा सामग्री वितरण गरिएको हो ।  नगरपालिका भित्रका १० वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताका आधारमा पाङ्ग्रासहितको कमोड कुर्सी १४ थान, लौरो १६ थान र पाँच जोडी बैशाखी वितरण गरिएको छ ।  नगरपालिकाका उप-मेयर भिमादेवी...
धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा । धनकुटा नगरपालिका-७ मा मोतिबिन्दु पहिचानका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ ।  डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटासँगको प्राविधिक सहयोगमा वडा कार्यालयले १९ गते आयोजना गरेको शिविरमा ११ जनाको मोतिबिन्दु पहिचान भएको छ । शिविरमा नगरपालिका स्वास्थ्य सेवा उपशाखाका प्राविधिक कर्मचारीहरूले पनि सहयोग गरेका थिए । ‘वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरेर हामीले शिविरको आयोजना गरेका हौं’, वडाध...
धनकुटा नगरपालिकाद्वारा वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ

धनकुटा नगरपालिकाद्वारा वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ

धनकुटा । धनकुटा नगरपालिकाले वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी वृत्ति परामर्श सेवाको शुभारम्भ गरिएको हो । एसइईपछि विद्यार्थीहरूले के पढ्ने, सामान्य तथा प्राविधिक शिक्षाको महत्व लगायत वैदेशिक रोजगारी तथा रोजगारीबाट फर्किएका युवाहरूलाई परामर्श दिने उद्देश्यले वृत्ति परामर्श सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अनुभवी परामर...
ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित सिस्ने खोलानजिकै खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फुङलिङ नगरपालिका-६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा पक्तालुङ-३ का २८ वर्षीय तेजेन्द्र लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बु फक्ताङलुङ–३ तावास्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ...
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भोजपुर नगरपालिका-९ का ४२ वर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको हो । मंगलबार दिउँसो पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाउने क्रममा बाँसले अचानक विद्युतीय लाइनमा छुँदा करेन्ट लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ भने घटनाका सम्बन्धमा आवश्यक...
मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ग्रिल पसल सञ्चालकले जिस्कने क्रममा बालकको लिङ्ग काटिदिएका छन् । पथरी-६ मा ग्रिल पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय महीनारायण चौधरीले सोही स्थानका ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् । प्रहरीका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ ।  घटनापछि चौधरीले नै बालकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याएका थिए । उनको नोबेलमा उपचार भइरह...
सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

विराटनगर । सुनसरीबाट खोलाको बगरमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद भएको छ । मंगलबार साँझ हरिनगर गाउँपालिका-५ र ६ को सिमाना स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ । नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका २० जनासहित ४० ...
नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् । रंगेली नगरपालिकाले सडकमा ...
मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।   अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन अदालतबाट जेठ १५ गते म्याद थप गरिएको थियो ।  उनला...
झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापामा करेन्ट लागेर हात्तीको मृत्यु

झापा । झापामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युत लाइनबाट हात्तीलाई करेन्ट लागेको हो । डिभिजन बन कार्यालयका अनुसार हात्तीले विद्युतको पोलमा धक्का दिँदा तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लाग्दा हात्तीको घटनास्थलमै मृत्यु भएको छ । करेन्टले हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा फेला परेको बन कार्यालयले जनाएको छ ।
धनकुटाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ चौबिसे गाउँपालिका-६ राजारानीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २२ वर्षीय पुजन लिम्बुको घरमा सुतिरहेको अवस्थामा पुजनसहित २२ वर्षीय सेसेहाङ चेम्जोङ, २२ वर्षीय जेम्सन लिम्बु र ३७ वर्षीय दिनेश लिम्बु पक्राउ परेका हुन् । उनीहरूको साथबाट ३ ...
मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाजले दुई अर्ब लगानी गरेर दुई सय बेडको सामुदायिक अस्पताल निर्माण गरेको हो । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल उद्‌घाटन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं अस्पतालका अध्यक्ष...
विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर । विराटनगर महानगरपालिकाले अनावश्यक भ्रम फैलाएर संस्थाको बदनाम गराउन खोजेको भन्दै सहारा एनिमल केयरका संस्थापक रश्मि थापाले आपत्ति जनाएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरले आफ्नो कमजोरी लुकाउन हुँदै नभएको कुरालाई प्रचार गरेको भन्दै आपत्ति जनाएकी हुन् । ‘गत जेठ ११ गते आइतबार सम्पन्न कुकुर बन्ध्याकरण शिविर सम्बन्धी विवाद, त्यसको अघिल्लो दिन शनिबार भएको घटनाक्रम र विभि...
इटहरीमा मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ, साथमा ब्राउनसुगर पनि भेटियो

इटहरीमा मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ, साथमा ब्राउनसुगर पनि भेटियो

सुनसरी । सुनसरीको इटहरीबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-९ का २३ वर्षीय संगम श्रेष्ठ छन् । इटहरीको पश्चिम टेम्पु स्टेण्ड नजिकै होटल अगाडि राखेको अवस्थामा गत जेठ १७ गते स्थानीय जितबहादुर घिमिरेको प्रदेश १–०२–०५३ प १९६५ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरीको जानकारी पाएपछि खोजतलासमा जुटेको प्रहरीले इटहरी–१८ बाट मोटरसाइकलसहि...
कोशी प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने

कोशी प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । कोशी प्रदेशमा अहिले सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय छन् । कुनै जिल्लामा सहरी र पूर्वाधार दुवै कार्यालय छन् भने कुनै जिल्लामा एउटै पनि कार्यालय छैनन् । जसका कारण एउ...
धनकुटामा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकको प्रहरीद्वारा सकुशल उद्धार

धनकुटामा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकको प्रहरीद्वारा सकुशल उद्धार

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ भगुवा खोलास्थित तमोर करिडोरमा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । फलामेटारबाट मुलघाटतर्फ आउदै गरेको रौता कन्ट्रक्सनको प्रदेश नम्बर १-०५-००१ क ००३१ नम्बरको पानी बोक्ने खाली टयाङ्कर गएराती करिब १० बजे पल्टिएको हो । ट्याङ्कर पल्टिँदा चालक उदयपुरको कटारी नगरपालिका-७ घर भएका ४४ वर्षीय सुन्दरबहादुर बिक ट्याङ्करभित्र च्यापिएका थ...
किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर कार्यसमितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले देवानलाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिश देवान, सह-सचिवमा हुविन्द्रराज याक्खा, कोषाध्यक्षमा लिना जिमी याक्खा र कोषाध्यक्षमा चन्द्रकला तुम्बा चयन भएका छन् । सदस्यहरूमा विक्रम देवान, पुष्पकला देवान याक्खा,...
अवरुद्ध धरान-धनकुटा सडकमा १२ घण्टापछि यातायात सुचारु

अवरुद्ध धरान-धनकुटा सडकमा १२ घण्टापछि यातायात सुचारु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक बगाएको क्षेत्रमा तत्कालका लागि वैकल्पिक सडक निर्माण गरेर यातायात सुचारु गरिएको हो । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले आज बिहान करिब ५ः३० बजे झण्डै १०० मिटर सडक बगाउँदा यातायात ठप्प भएको थियो । दिनभरको प्रयासपछि वैकल्प...
लेउतीको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

लेउतीको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

धनकुटा । लेउती खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान करिब ५ः३० बजे बाढीले सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । बाढीले करिब १०० मिटर पक्की सडक कटान गरेर बगाएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । ‘बाढीले सडकमा ठूलो क्षति पुयाएको छ । अहिले तत्काल...
विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगर । विराटनगर महानगरपालिा-८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालको अग्रसरतामा पार्क निर्माण हुन लागेको हो । दुई बिगाहा आठ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको विराटनगर-८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन् । पार्क निर्माणका लागि टिकाराज ढकालले सहुलियत दरमा जग्गा उपलब्ध गराएका छन् । दुई विगाहा आठ कठ्ठा...
धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । आज दिउँसो चेकजाँचका क्रममा साँगुरीगढी गाउँपालिका-१ का १९ वर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका–४ का २१ वर्षीय याख्खा राई पक्राउ परेका हुन् । धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठका अनुसार संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३८४१ नम्बरको यात्रुबाहक बसमा सवार लिम्बुलाई एक...
धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत धनकुटाबाट एक वर्ष छ महिना कैद र २० हजार जरिवाना सजाय सुनाइएका ज्यान मार्ने उद्योगका फरार प्रतिवादी साँगुरीगढी गाउँपालिका-१० धारापानी का ४५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् । यस्तै हातहतियार खरखजाना मुद्दा...
उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ बाट गाँजा ओसार-पसारमा संलग्न दुई महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार चौदण्डीगढी-१ की रत्नमाया श्रेष्ठ र सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठ पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  रत्नमायाको घर खानतलासी गर्दा एक हजार एक सय ४३ किलो गाँजा बरामद भएको हो । ३५ वटा पोका बनाएर लुकाएर राखेको अवस्था...
कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज सात जना पत्रकारहरूलाई जनही एक/एक लाख नगदसहित सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत झापाका तीन, मोरङका दुई तथा धनकुटा र सुनसरीका एक/एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाल, धनकुटाका राजेश्वरबहादुर श्रेष्ठ र ...
धनकुटामा पनि मनाइयो गणतन्त्र दिवस

धनकुटामा पनि मनाइयो गणतन्त्र दिवस

धनकुटा । धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर १८ औं गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा आज ¥याली, सभासहित विभिन्न कार्यक्रम गरिएको हो । र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । ब्यानर, प्लेकार्ड र बाजासहित बसपार्कबाट सुरु भएको र्‍याली मदनचोक, भीमनारायण चोक, बिहिबारे हटिया हुँदै टुँडिखेल पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय स...
विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार पीडित बालिकाले दिएको उजुरीको आधारमा बिहीबार ३५ वर्षीय महम्मद साबिरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार विराटनगर-६ रामपुर स्थित एक घरमा दिदीबहिनी भाडाको घरमा बस्थे । जाहेरवाला बालिकालाई ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिएको पाइएको मोरङ प्रहरीका प्रवक...
नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा झापास्थित होटल मेची क्राउनमा जेठ २५ गते सम्मेलन हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यवसायिक नेटवर्किङ र दीर्घकालीन सहकार्य बढाउन सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । कार्यक्रममा नेपाल र भारतक...
धनकुटामा स्कारपियो दुर्घटना

धनकुटामा स्कारपियो दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चरखोले गोलाईमा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धरानबाट संखुवासभा जाँदै गरेको को १ च ६६४० नम्बरको स्कारपियो आज दिउँसो करिब १२ः२० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारर्पियो चालक सप्तरीको बोदेबर्साईन–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, बिराटनगर-३ का ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगरकै २३ व...
संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवा टोलका २१ वर्षीय कुमार तामाङ छन् । संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठका अनुसार १७ वर्षीय युवतीलाई पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो । तामाङले २०८२ जेठ ८ गतेदेखि युवतीलाई आफ्नो नियन्त्रणमा राखी विवाह गर्छु  भन्दै जबरज...
error: Content is protected !!