कोशी सरकारद्वारा विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय
विराटनगर । कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश विपद् परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बीमा गर्ने निर्णय गरेको हो ।
यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्...






























