विराटनगर विमानस्थलका हाेटल-क्याफे उपभाेक्ता ठग्दै, चार वटालाई १२ लाख जरिवाना
विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुल्ने गरेकाे पाइएकाे छ ।
अनुगमनका क्रममा मनपरि शुल्क असुल्ने विमानस्थलभित्रका चारवटा होटल तथा क्याफेलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । यात्रु तथा सर्वसाधारणबाट विमानस्थलभित्रका पसलहरूले मनपरी मूल्य लिने गरेको गुनासो लगातार आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ...































